काठमाडौं,१६ मंसिर– सरकारको श्वेतपत्र जारी गर्ने कार्यक्रम नभएको जनाएको छ । पछिल्लो समय विभिन्न सञ्चार माध्यमहरुमा वैदेशिक व्यापार घाटा कम गर्न सरकारले श्वेतपत्र जारी गर्ने आशयको समाचार प्रकाशन भएकोप्रति प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको गम्भीर ध्यानाकार्षण भएको भन्दै त्यस्तो कार्यक्रम नभएको मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता हरिप्रसाद पन्थीले जनाउनु भयो ।
मुलुकमा समग्र आर्थिक परिसूचकहरु समष्टिगत स्थायित्व हासिल गर्नेतर्फ उन्मुख भैरहेको अवस्थामा श्वेतपत्र जारी गर्ने कुनै कार्यक्रम नरहेको सम्बन्धित सबैलाई जानकारी गराउनु भएको हो ।
मन्त्रिपरिषद्को कार्यालयले अनुसार मुलुकमा उच्चदरको आर्थिक वृद्धि, नियन्त्रित मुद्रा स्फिति,सबल आन्तरिक स्रोत परिचालन, पर्याप्त विदेशी विनिमय सञ्चिति र अनुकूल शोधनान्तर स्थित लगायत अर्थव्यवस्थाका समष्टिगत आर्थिक परिसूचकहरु सकारात्मक रहेको जनाएको छ ।

