बाग्लुङ,१० मंसिर– पश्चिम बागलुङको ढोरपाटन नगरपालिका र बडीगाड गाउँपालिकामा आज बिहान बम फेला परेका छन्। ढोरपाटन नगरको तीन र बडीगाडको एक ठाउँमा बम भेटिएको हो। इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख कृष्ण राना मगरका अनुसार ढोरपाटनको वडा नम्बर–६ गादीखोलाको जंगल बिचमा भेटिएको बम नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ। त्यस्तै ढोरपाटन नगरपालिका–१ बुर्तिबाङ बजारदेखि वडा नं–२ रिनाम जाने सडक छेउ सोरबोटमा बिहान शंकास्पद वस्तु देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। नेपाली सेनाको उच्च सुरक्षा स्रोतले दिएको जानकारी अनुसार सोरबोटमा प्रेसर कुकुर बम भटिएको हो । यो बम शक्तिशाली हुनसक्ने सुरक्षा स्रोतले बताएको छ। त्यस्तै बडीगाड गाउँपालिका–७ भीमगिठे डाँडाखागाउँमा सुतली बम भेटिएको छ। दुवै स्थानमा बम डिस्पोज गर्न सेनाको प्राविधिक टोली गएको प्रमुख जिल्ला अधिकारी विष्णुबहादुर थापाले जानकारी दिए।

