ढुवानी कर हटाउन माग

काठमाडौँ, ४ भदौ: काठमाडौँ उपत्यकामा ट्याङ्करमार्फत खानेपानी आपूर्ति गर्दै आएका विभिन्न सङ्घसंस्थाले स्थानीय सरकारले सङ्कलन गर्न लागेको ढुवानी कर हटाउन माग गरेका छन् ।

यहाँ आज आयोजित पत्रकार सम्मेलनमा व्यवसायीको संयुक्त सङ्घर्ष समितिका संयोजक उज्ज्वल शाक्यले उद्यमीले व्यासायिक कर र आय कर सरकारलाई बुझाइरहेको अवस्थामा थप कर लगाउन नपर्ने बताउनुभयो । विभिन्न नामका कर पुनःबुझाउनुपर्दा त्यसको प्रत्यक्ष मार उपभोक्तालाई पर्ने तथा व्यवसायमा पनि नकारात्मक असर पर्ने उहाँको भनाइ छ ।

उपत्यकामा खानेपानीको अभावलाई न्यूनीकरण गर्न निजी क्षेत्रबाट सञ्चालित पानी उत्पादन तथा वितरणसम्बन्धी उद्योगमा व्यवसायीको अर्बांै रुपैयाँको लगानी सुरक्षित गर्न समितिले सरकारसँग आग्रह गरेको छ ।

उपत्यकामा करीब ७०० ट्याङ्कर व्यवसायीले दैनिक पाँच करोड लिटर पानी आपूर्ति गर्दै आएका छन् । मुलुकको परिवर्तित संरचनामा सम्बन्धित प्रदेशभित्रका सेवा तथा वस्तुको उपभोग सम्बन्धित भूगोल तथा क्षेत्रमा प्रयोग गर्दा सरकारले निर्दिष्ट गरेको बाहेक अतिरिक्त करले व्यवसायी मारमा पर्ने जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here