ढुङ्गेलको निधनमा शोक प्रस्ताव

web

काठमाडौँ, ६ चैत । व्यवस्थापिका–संसद्को बैठकले नेपाली काँग्रेसका नेता एवम् पूर्वसांसद स्व रामहरि ढुङ्गेलप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोक प्रस्ताव पारित गरेको छ ।

विसं २०५६ मा रामेछाप क्षेत्र २ बाट प्रतिनिधिसभामा निर्वाचित ढुङ्गेलको ६० वर्षका उमेरमा यही चैत ३ गते काठमाडाँैमा निधन भएको थियो ।
सभामुख ओनसरी घर्तीले सदनको आजको बैठकमा ‘शोकप्रस्ताव पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । बैठकमा सांसदहरुले आआफ्ना आसनबाट उठी ढुङ्गेलको चिरशान्तिको कामना गर्दै एक मिनेट मौनधारणसमेत गर्नुभएको थियो ।

शोकप्रस्तावमा भनिएको छ, “व्यवस्थापिका–संसद्को यो बैठक २०५६ सालको प्रतिनिधिसभा निर्वाचनमा रामेछाप क्षेत्र २ बाट नेपाली काँग्रेस पार्टीका तर्फबाट निर्वाचित सदस्य, लोकतन्त्र स्थापना र पुनःस्थापनामा सक्रिय भूमिका निर्वाह गर्नुभएका एक कुशल नेता एवम् समाजसेवी तथा पूर्वकृषि सहायकमन्त्री रामहरि ढुङ्गेलको ६० वर्षको उमेरमा मिति २०७३ साल चैत ३ गते बिहीबार काठमाडौँमा निधन भएकामा गहिरो शोक प्रकट गर्दछ र उहाँको दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति समवेदन प्रकट गर्दछ । ” सदनको बैठक आजै आधा घन्टाका लागि स्थगन भएको छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here