ढाडको बिरामीको उपचारका क्रममा मृत्यु भएपछि अस्पतालमा तनाव

चितवन,१५ फागुन–  चितवनको हस्पिटलरोडस्थित भरतपुर सामुदायिक अस्पतालमा ढाडको उपचार गराइरहेका एक बिरामीको मृत्यु भएपछि तनाव उत्पन्न भएको छ ।
ढाडको अपरेशन गरेका रत्ननगर–१५, माधवपुरका ४५ वर्षीय सोमबहादुर तामाङको उपचारको क्रममा सोमबार दिउँसो मृत्यु भएपछि उनका आफन्तले अस्पताल बाहिर विरोधमा उत्रिएका हुन् ।
बिरामी मृत्युपश्चात् तनाव भएपछि अहिले अस्पताललाई प्रहरीले सुरक्षा दिइरहेको छ । अस्पतालका चिकित्सक डा. कृष्ण पौडेलले सो बिरामीको हृदयाघातबाट निधन भएको जनाएका छन् ।
तर, मृतकका आफन्तले अस्पतालको लापरबाहीका कारण बिरामीको ज्यान गएको भन्दै चिकित्सकलाई कारबाही हुनुपर्ने माग गरेका छन् । फागुन ११ गते ढाडको अप्रेशन गरेका तामाङ सोमबार दिउँसो २ बजेसम्म आफन्तसँग कुराकानी गरिरहेका थिए । उनी अस्पतालको शौचालयमा लडेर हृदयाघात भएको अस्पतालको दाबी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here