डोटीमा जीप दुर्घटना ४ को मृत्यु

डोटी,१८ कार्तिक– डोटीमा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । दुईजना गम्भीर घाइते भएका छन् । दुर्घटनामा जीप चालक खेमराज ओझा र यात्रु रोशन ताम्राकारको मृत्यु भएको प्रहरीले जनाएको छ ।
अन्य ८ जना घाइते भएका छन । घाइतेको स्थानीय अस्पतालमा उपचार भइ रहेको छ । मृत्यु भएका एक महिला र बालकको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।
केआई सिंह गाउँपालिकाको तिखात्तरबाट दिपायल जाँदै गरेको से १ ज २६५ नंं. को जीप सोही गाउँपालिकाको वडा नं. ३ देउरडीमा दुर्घटनामा परेको हो ।

घटनाको थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक राजेन्द्रबहादुर सिंहले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here