डेंगुको रोक्न नौ दिने अभियान सुरु

झापा,९ कार्तिक– झापाका विभिन्न स्थानमा डेंगुको संक्रमण बढ्न थालेपछि भद्रपुर नगरपालिकाले त्यसका नियन्त्रणका लागि नौ दिने अभियान सञ्चालन गरेको छ ।
नगरपालिकाले आसपी जाइन्ट फोगर मेसिन खरिद गरी नगर क्षेत्रभित्र औषधि छर्कने अभियान शुरु गरेको हो । नौ दिनसम्म नगर क्षेत्रको ‘किङ फग’ नामक औषधि छर्किने नगर प्रमुख जीवनकुमार श्रेष्ठले जानकारी दिनुभएको छ ।
नगरपालिकाले डेंगु रोग र बँच्ने उपायका बारे नगर क्षेत्रभित्र प्रचारप्रसार पनि शुरु गरेको छ । रोगवाट वच्न टायर, गहिरो भाँडाकुँडामा लामो समयसम्म पानी नराख्न तथा नियमितरुपमा झुल टाँगेर सुत्न, ज्वरो आएको बेला वाकवाकी लागेमा तुरुन्त स्वास्थ्य संस्थामा जान स्वास्थ्यकर्मिहरुले सुझाव दिएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here