डुबेर दुई जनाको मृत्यु

Dead body in a mortuary

राजविराज, २९ साउन:पोखरीमा डुबेर आज सप्तरीमा दुई जनाको मृत्य भएको छ । मृृत्युहुनेमा सप्तरी बलान बिहुल गाउँपालिका–२ पत्थराटोलका श्रीराम साहको चार वर्षीय छोरा रञ्जीतकुमार साह रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक भावेश रिमालले जानकारी दिनुभयो ।

आफ्नो हजुरआमासँग पोखरीमा नुहाउने क्रममा रञ्जीतको डुबेर मृत्यु भएको उहाँले बताउनुभयो । यसैगरी मादक पदार्थ सेवन गरी बेपत्ता रहेका सप्तरी रुपनी गाउँपालिका–२ का ४० वर्षीय रामउद्गार सदाको शव आज पोखरीमा डुबेको अवस्थामा फेला परेको पनि प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here