डीपीएलसँग जोडियो श्री एयरलायन्स

काठमाडौं,६ फागुनःसर्वाधिक पुरस्कार राशिको धनगढी प्रिमियर लिग डीपीएल सँग श्री एयरलाइन्स पनि जोडिएको छ । काठमाडौंमा आज श्री एयरलाइन्सले डीपीएलसँग अफिसियल एयरलायन्स पार्टनरको सम्झौता गरेको हो ।

सम्झौताअनुसार श्री एयरलाइन्सले डीपीएललाई करीब १० लाख बराबरको प्रायोजन गर्ने डीपीएलका निर्देशक सुवास शाहीले बताउनुभयो । दोस्रो संस्करणको डीपीएलको विजेताले २५ लाख नगद हात पार्ने छ । त्यस्तै, उपविजेताले १० लाख, तेस्रोले ३ लाख र चौंथोले २ लाख नगद पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतियोगिता आगामी चैत १७ गतेदेखि धनगढीस्थित अञ्चल प्रहरीको क्रिकेट मैदानमा हुनेछ । डीपीएलका लागि खेलाडीको अक्सन यही फागुन ९ गते हुँदैछ । प्रतियोगितामा टिम चौराह धनगढी, विराटनगर किंग्स, सीवाईसी अत्तरिया, महेन्द्रनगर युनाइटेड, रुपन्देही च्यालेन्जर्स, काठमाडौं गोल्डेन्सले प्रतिस्पर्धा गर्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here