डीआईजी नवराज सिलवाल प्रहरी नियन्त्रणमा, किन लिइयो नियन्त्रणमा ?

काठमाडौं, ११ बैशाख–  नेपाल प्रहरीका डीआईजी नवराज सिलवाल लाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रधान कार्यालयले सिलवालसँग स्पष्टीकरण माग गर्दा समेत सिलवाल नगएपछि नियन्त्रणमा लिएर प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
अहिले उहाँलाई बयानका लागि प्रधान कार्यालयमा उपस्थित गराएको छ ।  आईजिपीले बोलाएको बैठकमा उपस्थित नभएपछि प्रधान कार्यालयले सिलवालसँग स्पष्टीकरण माग गर्दा समेत सिलवाल नगएपछि नियन्त्रणमा लिएर प्रधान कार्यालयमा उपस्थित गराएको हो ।
वरिष्ठ अधिवक्ता शम्भू थापाको बालुवाटारस्थित घरमा कानुनी परामर्श लिइरहेका बेला आज बिहान सिलवाललाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
सिलवाले स्पष्टीकरण दिने वा नदिनेबारे अधिवक्ता थापासँग परामर्श लिइरहेको बेला डिआईजी विजय भट्ट नेतृत्वको टोलीले नियन्त्रणमा लिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here