डीआईजी नवराज सिलवालको राजीनामा स्वीकृत

काठमाडौं,२३ साउन– डीआईजी नवराज सिलवालको राजीनामा स्वीकृत भएको छ । राजीनामा दिएपछि पनि लामो समय स्वीकृत नगरी कारबाहीको तयारी गरेको भन्दै चर्को विरोध भएपछि गृहमन्त्री जनार्दन शर्माले असोज १९ को मिति राखेर राजीनामा स्वीकृत गरेका छन् ।

प्रहरी महानिरीक्षक प्रकाश अर्यालले राजीनामा स्वीकृतिका लागि गृहसचिव लोकदर्शन रेग्मीलाई पठाए पनि पत्र नआएको भन्दै रोकेका थिए ।

वरीयतामा तेस्रो नम्बरमा रहेका डीआईजी जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षक बनाएपछि अदालत गएका सिलवाल आफ्नो पक्षमा फैसला नआएपछि राजीनामा दिएर बसेका थिए । लामो अदालती बहस चलिरहँदा सरकारले प्रकाश अर्याललाई प्रहरी प्रमुख बनाइसकेको थियो ।

सिलवाल तीन दिनअघि नै एमाले प्रवेश गरिसकेका छन् । नेपाल प्रहरीमा २९ वर्ष ४ महिना २९ दिन बिताएका उनलाई ललितपुर– १ बाट उम्मेदवार बनाउन तल्ला कमिटीहरुले माग गरेको एमाले ललितपुर प्रचार विभाग प्रमुख अमृत तिमल्सिनाले जानकारी दिए ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here