डिभी रोक्न अमेरिकी सिनेटमा विद्येयक दर्ता

एजेन्सी,२८ माघ–अमेरिकामा आप्रवासिको संख्या आधाभन्दा कम गर्नुपर्ने भन्दै रिपब्लिकन सिनेट टम कटन र डेविड पर्डयूले संसदमा एक बिधेयक दर्ता गरेका छन।

आप्रवासिमाथि कडा नियम लगाउन चाहने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको समर्थन रहेको संसदमा दर्ता गरिएको यस बिधेयक पारित भए डिभि लट्रीको सुविधा पाएका नेपाललाई पनि प्रभाव पर्नेछ । साथै अमेरिकाले प्रति वर्ष जारी गर्ने करिब १० हजार ग्रीन कार्डलाई प्रत्यक्ष प्रभावित पार्ने अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

अमेरिकाले सन् १९९० मा आप्रवासी भित्र्याउने कानुन बनाएपछि अमेरिकामा डिभी लट्रीलगायत अन्य सुविधा दिएर आप्रवासीलाई स्थायी बसोवास प्रदान गर्दै आएको थियो।
रिपब्लिकन सिनेटर टम कटन र डेविड पर्डयूले संसदमा आप्रवासीलाई ग्रीनकार्डको सख्या घटाउनुपर्ने बिल पेस गरेपछि आप्रवासीले पाउँदै आएको ग्रीन कार्डको सख्यामा पनि आधा कटौती हुने बताइएको छ ।

वेधेयकमा शरणार्थीहरुका लागि निश्चित भिसा छुट्याउनुपर्ने पनि बताइएको छ। अमेरिकाले सन् २०१५ मा संसारभरबाट ५० हजार डिभी लट्री मार्फत आप्रवासी भित्र्याएको थियो भने १ लाख २० शरणार्थी भित्र्याएको थियो। सन २०१८को डिभी लट्रीलाई भने यसले असर पार्ने छैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here