डिआइजी सिलवालका कागजात नक्कली

काठमाडौ, १६ बैशाख – डिआइजी नवराज सिलवालले सर्वोच्च अदालतमा पेस गरेको कार्यसम्पादन मूल्यांकन फारम नक्कली भएको निष्कर्ष प्रहरी छानविन समितिले निकालेको छ ।

महानिरीक्षकमा प्रकाश अर्याललाई नियुक्त गर्ने सरकारको निर्णयलाई चुनौती दिदै सिलवालले सर्वोच्चमा रिट दायर गरेका थिए ।रिटसंगै पेस गरेको कार्यसम्पादन मूल्यांकन फारम नक्कली भएको छानविन समितिको ठहर छ ।

सरकारले कार्यसम्पादन मूल्यांकनमा अर्यालको १ सय ५४ दरमलव २ र सिलवालको १ सय ५२ दशमलव ४६ अंक आएको भन्दै अर्याललाई सरकारले चैत २८ मा आइजीपी नियुक्त गरेको थियो ।

आजको नागरिकमा खबर छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here