पर्सा, २४ चैत– नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले मधेशी मोर्चालाई पनि स्थानीय निकायको निर्वाचनमा ल्याउन आवश्यक रहेको बताउनुभएको छ ।
प्रेस युनियन पर्साले आज गरेको पत्रकार सम्मेलनमा नेता कोइरालाले नेपाली काँग्रेस, माओवादी र एमालेले मात्र चाहेर देशमा स्थिरता नआउने भन्दै मधेसी मोर्चालाई समेत सामेल गराउनुपर्ने उल्लेख गर्नुभयो ।
उहाँले काँग्रेसले मधेसी मोर्चा लगाएत असन्तुष्ट पक्षलाई समेटेर लैजाने प्रयास गरिरहेको जानकारी दिनुभयो ।
देशमा स्थानीय निर्वाचन अपरिहार्य रहेकोले निर्वाचनको विकल्प नभएको भन्दै नेता कोइरालाले मधेसी मोर्चाले निर्वाचनमा भाग नलिए अतिवादी र रुढीबादी शक्तिहरु सक्रिय हुने प्रष्ट पार्नुभयो ।

