डा. भट्टराई भारत जाँदै, यस्तो छ कारण !

कठमाडौं,३० चैत । नयाँ शक्ति पार्टी, नेपालका संयोजक एवम् पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई आज भारत जान लाग्नुभएको छ । पत्नी एवम् विदेश विभाग इन्चार्ज हिसिला यमी र बुवा भोजप्रसादसहित डा भट्टराई भारत जान लाग्नुभएको हो । नयाँ शक्ति पार्टीका अनुसार डा. भट्टराईले राजनीतिक कार्यक्रममा सहभागीता जनाउनुका साथै धार्मिक र पर्यटकीय स्थानहरुको भ्रमण गर्नुहुनेछ । भट्टराईले बैंगलोरमा आयोजित अन्तर्राष्ट्रिय नेपाली समाज, भारतको कार्यकर्ता भेलालाई प्रशिक्षण दिनुहुने पार्टीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here