डा देवकोटालाई भेटेर मन्त्री पोखरेलले भनेःउहाँ पुनःबिरामीको सेवा फर्कनुहुने छ

काठमाडौँ, २८ वैशाख- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले डा उपेन्द्र देवकोटाको स्वास्थ्यवस्थाबारे आज जानकारी लिनुभएको छ ।

डा देवकोटा उपचाररत बाँसबारी न्यूरो अस्पताल पुगीमन्त्री पोखरेलले डा देवकोटाको स्वास्थ्यलाभको कामना गर्दै नेपालीको कामनाले स्वास्थ्यलाभ गरेर पुनःबिरामीको सेवा फर्कने विश्वास व्यक्त गर्नुभयो ।

उपचारत डा देवकोटाले नीतिनिर्माणमा विशेष ध्यान दिन मन्त्री पोखरेललाई आग्रह गर्दै स्वास्थ्य र शिक्षा क्षेत्रमा भएको बेथिति र अनियमितता हटाई नागरिकको पहुँचमा पु¥याउन ध्यानाकर्षण गराउनुभयो ।

आयुर्वेदबाट उपचार गरेको भनिनुभएकाडा देवकोटाको स्वास्थ्यमा क्रमशः सुधार भइरहेको उपचारमा संलग्न चिकित्सकले मन्त्री पोखरेललाई जानकारी दिनुभएको थियो । पित्तथैलीको अर्बुदका कारण पीडित डा देवकोटाको स्वास्थ्यलाभको कामना गर्दै न्यूरो अस्पतालमा शुभेच्छुकको भीड लाग्ने गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here