डा.देवकोटाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि,श्रीमती र छोरीहरुले दिए दागबत्ती

काठमाडौँ, ५ असार । वरिष्ठ स्नायु रोग विशेषज्ञ डा उपेन्द्र देवकोटाको पशुपतिस्थित विद्युतीय शवदाह गृहमा आज राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । त्यसअघि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले देवकोटाको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओडाएर राष्ट्रका तर्फबाट सम्मान व्यक्त गर्नुभएको थियो । श्रीमती मधु देवकोटा दीक्षित, छोरीहरु मेघा, वसुधा र मञ्जरीले पार्थीव शरीरमा दागबत्ती दिनुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here