डा. गोविन्द केसीको सत्याग्रहको आठौ दिन, इन्जेक्सनबाट एन्टिबायोटिक औषधि दिदैँ

काठमाडाैँ,२माघ । डा. गोविन्द केसीको १६ औँ सत्याग्रहको आठौ दिन आज पनि जारी छ । डा. केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि उहाँकै सहमतिमा आईभी एन्टिबायोटिक औषधि दिन सुरु गरिएको जिल्ला अस्पताल इलामले जनाएकाे छ ।

उपचारमा संलग्न निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. विजेन्द्रकुमार साहले केसीलाई अन्य कुनै पनि औषधि भने प्रयोग नगरिएकोबताउनु भएकाे छ।

निमोनियाबाट संक्रमित हुनुभएका डा.केसीमा मुटुको चालमा समेत गडबडि देखिएको छ । उहाँलाई आइसियुमा राखेर उपचार गर्नुपर्ने उपचारमा संलग्न डाक्टरहरुले बताएका छन् ।

नागरिक समाजका अगुवा चिकित्सक संघ लगायत उहाँका सुभचिन्तकहरुले अनसनरत डा. केसीको जीवन रक्षा गर्न सरकार तथा संसदमा प्रतिनिधित्व गर्ने सबै दलहरूलाई अपिल गरेका छन् ।

संसदीय समितिले डा. केसीसँगको सम्झौता विपरित राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गरेपछि डा केसीले ६ बुँदे मागसहित १६ औँ सत्याग्रह शुरु गर्नुभएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here