डा केसीले भने – प्रधानन्यायाधीश पराजुलीको नियुक्ति बदर हुनुपर्छ

काठमाडाैं, २७ माघ – त्रिवि शिक्षण अस्पतालका प्रा. डा. गोविन्द केसीले प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको राजीनामा माग्दै फेरि अनशन बस्ने चेतावनी दिनुभएको छ ।

महाराजगञ्जस्थित शिक्षण अस्पतालमा आज पत्रकार सम्मेलन गर्दै केसीले जन्म मिति ढाँटेर पटक पटक नागरिकता लिएकाले छानबिनलाई सहयोग गर्न तत्काल राजीनामा माग गर्नुभएको हो । सर्वोच्च अदालतको इजलासबाटै पराजुलीको नागरिकता छानबिनका लागि आदेश भए पनि उहाँले पदमा बसेर त्यसलाई तुहाउन चलखेल गरिरहेको केसीको आरोप छ । प्रमाणपत्र नक्कली बनाएर जागिर खाएकाले पराजुलीको नियुक्ति बदर गरी कानुन बमोजित कारबाहीको प्रक्रियामा ल्याउनुपर्ने केसीले बताउनुभयो ।

केसीले आफ्ना वकिल सुरन्द्र भण्डारीलाई प्रधानन्यायाधीश पराजुलीले ज्यान मार्ने धक्की दिएकाले त्यसको पनि छानबिन हुनुपर्ने माग अघि सार्नुभएको छ । धम्कीबारे छानबिन गर्न पराजुलीको मोबाइल फोनको कल डिटेल र आवाजसमेत परीक्षण हुनुपर्ने केसीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । आफूले उठाएका माग पूरा नभए कुनै पनि बेला अनशन सुरु गर्ने गोविन्द केसीको चेतावनी छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here