काठमाडौं, १ माघ । अनसन सुरु गरेको सातौं दिन डा. गोविन्द केसीको स्वास्थ्य स्थिति नाजुक बन्दै गएको छ । उनलाई निमोनियाले चापेको छ उनलाई हिजो जिल्ला अस्पतालमा लगिएको थियो । उनको अवस्था बिग्रदै गएपछि चिकित्सकहरुले तत्काल आइसीयुमा राख्नुपर्ने सुझाएका छन् ।
तर, इलामको जिल्ला मस्पतालमा आइसीयु छैन । अब डा. केसीलाई आइसीयुमा राख्नका लागी तत्कालै बिर्तामोड, धरान, विराटनगर वा काठमाडौं सार्नुपर्ने बताइएको छ।
अनसन थालेको सातौं दिनसम्म आइपुग्दा डा. केसीलाई आइसीयूमा राख्नुपर्ने अवस्था बन्न थालेको छ । तर, केसीले औषधि उपचार लिन अस्वीकार गरिरहेका छन् ।
डा। केसीलाई निमोनिया भएको र रोग प्रतिरोध क्षमता कम हुँदै गएकाले तत्काल आइसीयूमा राख्नुपर्ने सल्लाह इलाम अस्पतालले दिएको छ । इलाम अस्पतालमा यो सेवा उपलब्ध छैन । ‘तर, डा। केसीले अस्पतालबाट एक इन्च पनि कतै नसर्ने र उपचार पनि नलिने भनेका छन्,’ केसीका सहयोगी धर्म गौतमले बताउनु भयो ।

