डा.केसीको समर्थनमा रेजिडेन्ट चिकित्सकहरुपनि अनसनमा

Nepal Doctors Strike

काठमाडौं,८ साउनःचिकत्सा शिक्षा सुधारको माग गर्दै २५ दिन देखि अनशनरत चिकित्सक डा.गोविन्द केसीको समर्थनमा नेशनल रेजिडेन्ट डक्टर्स एसोसिएसन (एनआरडीए) ले मंगलबार देखि सामुहिक अनसन सुरु गरेको छ ।
त्रिभुवन बिश्व विद्यालय शिक्षण अस्पताल महाराजगञ्जका रेजिडेन्ट चिकित्सकहरुले मंगलबार बिहान १० बजे देखि अनसन सुरु गरेका हुन्।

डा. केसीका माग सम्बोधननभएसम्म हरेक दिन बिहान १० बजेदेखि साझ ५ बजेसम्म अनसन जारी रहने नेसनल रेजिडेन्ट डक्टर्स एशोसियसन त्रिबि शिक्षण अस्पतालका अध्यक्ष सुमति पाण्डेले बताउनुभयो।

महाराजञ्जमा अहिले १ सय जना चिकित्सक अनसनमा बसिरहेको डा. पाण्डेले बताउनुभयो। बीर अस्पताल र बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानका चिकित्सकहरु पनि अनसनमा बस्ने सहमति भएको पाण्डेले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here