डा.केसीको अनसन २५ दिन पुग्यो, वार्ता अन्यौल

Nepal Doctors Strike

काठमाडौं,८ साउनः चिकित्सा शिक्षामा सुधारको माग गर्दै डा गोविन्द केसीको अनसन आज २५ दिन पुगेको छ ।अनसनमा रहँदा औषधि तथा कुनै पनि स्वास्थ्य परिक्षण गर्न नमानेका डा केसीको स्वास्थ्यावस्था असामान्य रहेको चिकित्सकहरुले बताएँदै आएका छन्।

गत असार १६ बाट जुम्लामा अनसन सुरु गरेका डा केसीलाई सरकारले बिहीबार मात्रै काठमाडौं ल्याएको थियो।

सरकारले अपहरण शैलीमा आफूलाई काठमाडौं ल्याएको भन्दै डा केसीले सामान्य स्वास्थ्य परिक्षण गर्नसमेत मानेका थिएनन्।

तर ८० वर्षीया आमा मित्रकुमारी केसीको विशेष आग्रहमा डा केसीले स्वास्थ्य परिक्षण गर्न स्वीकृति दिएका थिए।

सोमबार रगतको रिपोर्ट आएसँगै चिकित्सकहरु भने चिन्तित भएका छन्। रगतका सम्पुर्ण ‘प्यारामिटर’हरु असामान्य देखिएका थिए। सेतो रक्तकोशिकाको संख्या अहिलेसम्मकै न्यून देखिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here