डाबरले रियल स्कुल अफ नेपाल आयोजना गर्ने

काठमाडौं, १९ बैशाख–रियल फ्रुट जुसले आफ्नो वार्षिक प्रतियोगिता रियल स्कुल अफ नेपाल २०१७ आयोजन गर्ने घोषणा गरेको छ । रियलको उत्पादक डाबर नेपालका अनुसार यो राष्ट्रियस्तरको प्रतियोगिता कम्पनीले गत ५ वर्षदेखि नियमित रूपमा आयोजना गरिरहेको छ ।

यसमा देशभरका विद्यालयहरू रियल स्कुल अफ नेपाल बन्नका लागि प्रतिस्पर्धा गर्नेछन् । यस प्रतियोगिताको विजेता बन्नका लागि छनोट भएका विद्यालयका विद्यार्थीहरू आफ्नो प्रतिभा, आत्मविश्वास तथा बौद्धिक र टिमवर्क गर्ने क्षमता आवश्यक पर्ने विभिन्न क्रियाकलापहरूमा सहभागी हुने जनाइएको छ ।

यो वर्ष रियल स्कुल अफ नेपाल २०१७ अझ बढी प्रतिस्पर्धात्मक र उत्साहजनक बन्ने कम्पनीको दाबी छ । देशका सबै क्षेत्रका विद्यालयहरूलाई सहभागी गराउने उद्देश्यका साथ यो वर्ष मध्यमाञ्चलमा वीरगन्ज केन्द्र थप गरिएको छ ।

क्षेत्रीय स्तरको विजेता बन्नका लागि प्रत्येक क्षेत्रबाट करिब ३५ विद्यालयहरूले सहभागिता जनाउनेछन् र क्षेत्रीय विजेता विद्यालयले अन्तिम चरणको प्रतियोगिताको लागि आफ्नो स्थान सुरक्षित गर्ने उल्लेख छ ।

सहभागी विद्यालयका विद्यार्थीहरू सिनियर समूह (कक्षा ८, ९, १०) अन्तर्गत एक्सटेम्पोर, नृत्य (डान्स) र फुटबल जगलिङ तथा जुनियर समूह(कक्षा ५ ,६, ७) अन्तर्गत पेन्टिङ, थ्री मिनेट टु फेम र स्कोर द रियल गोल जस्ता क्रियाकलापहरूमा प्रतिष्पर्धा जनाउने विज्ञप्तिमा जनाइएको छ ।

अभिनेत्री मिथिला शर्मा, चित्रकार किरण मानन्धर र स्कोर द रियल गोलतर्फ नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वखेलाडी सुरेन्द्र तामाङ निर्णायक रहन प्रतियोगितामा सञ्चरकर्मी प्रभात रिमाल एक्सटेम्पोरका निर्णायक रहनेछन् ।

प्रतियोगिताको विजेताहरूलाई रियल स्कुल अफ नेपालको सिल्डसहित ६ लाख रुपैयाँबराबरको छात्रवृत्ति तथा ग्रान्ड फिनालेमा विजयी हुने ६ जना प्रत्येक विद्यार्थीलाई ल्यापटप प्रदान गरिने जनाइएको छ ।

यसबाहेक ८ वटा उपत्यका बाहिरका क्षेत्रमा आर्थिकस्थिति कमजोर भएका दुईजना प्रभावशाली (छात्र तथा छात्रा) विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरिने उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here