डान्स आइकन दाङको पत्रकार सम्मेलन भोलि ९ बजे महासंघमा

मंसीर २१ दाङ
दाङ बाट संचानल भईरहेको नेपालकै नं १ नृत्य बिद्याको महासंग्रामको शुभारम्भ तथा पत्रकार घेटघाट भोलि मंसीर २२गते पत्रकार महासंघको हलमा ९ बजे हुने आयोजकले जनाएको छ ।
डान्स आइकन दाङका दुई संस्करणहरु यस अघि सफलता पुर्वक सम्पन्न भईसकेका छन् ।
डि टेन इन्टरटेन्मेन्ट द्धारा संचालित नृत्य बद्यिाको महासंग्राम डान्स आइकन दाङ लाई सिजन ३ मा राष्ट्रव्यापी बनाईएको प्रा.लि.का अध्यक्ष बिष्णुकुमार देवकोटाले जानकारी दिनुभयो ।
मध्यपस्चिमका आसपासका जिल्लाहरुलाई लक्षित गरी संचालनमा ल्याईएको महासंग्राम लाई स्थलगत तथा स्थलगत तथा अनलाईन अडिसन मार्फत राष्ट्रव्यापी बनाईएको हो ।
जुनसुकै उमेर समुहका व्यक्तिहरुले भाग लिन पाउने गरी व्यवस्थापन गरीएको महासंग्रामको टाईटल प्रायोजना कला प्रेमी अभियान बस्नेतले गर्नुभएको छ ।
बैदिक परम्परा अनुसार पन्च कन्याहरुलाई पुजागरी कार्यक्रमको समुद्घाटन गरीने आयोजकले जनाएको छ ।
आयोजकले पत्रकार सम्मेलनमा उपस्थितीस्का लागि सम्पुर्ण कलाप्रेमीहरुलाई हार्दिक अनुरोध गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here