डाटामा समस्या आएपनि ३ लाख भन्दा बढी लाइसेन्स छपाई

काठमाडौँ,२४पुस । यातायात व्यवस्था विभागबाट लाइसेन्स छाप्ने जिम्मा पाएको मालिका इन्कर्पोरेट प्रालीले ३ लाख भन्दा बढी लाइसेन्स छापेको जनाएको छ । सुरुवाति दिनमा ‘डाटामा समस्या आएकाले छपाइमा केही ढिलो भएपनि अहिले दैनिक १५ हजार लाइसेन्स छपाई भइरहेको प्रालिका प्रवन्ध निर्देशक सुरेन्द्र ढकालले बताए ।

बढीमा १५ दिन भित्र आफूले जिम्मा पाएको ५ लाख लाइसेन्स छापिसक्ने ढकालको भनाई छ । विभागले मालिकालाई ५ लाख लाइसेन्स छाप्न पुस २८ गते सम्म अर्थात ४५ दिनको समय दिएको थियो । लाइसेन्स छाप्न डाटामा आएको समस्याको कारण थप ३० दिन समय थप गरिएको विभागका प्रवक्ता गोकर्ण प्रसाद उपाध्यायको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here