डाक्टर श्रीमानको कुटाईबाट घाइते सुनिताको निधन

काठमाडौं,१५ चैत । डाक्टर श्रीमानको कुटाईबाट घाइते सुनिता यादवको उपचारको क्रममा निधन भएको छ। सुनिता नारायाणी अस्पतालमा कार्यरत मधुमेह तथा थाइराइड रोग विशेषज्ञ डा.सचितानन्द यादवकी जेठी श्रीमती हुनुहुन्छ ।

डा.यादवको कुटाइबाट गम्भीर घाइते भई काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा उपचाररत सुनिताको आज साँझ ५ बजेतिर निधन भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले बताउनुभयो ।

वीरगन्ज महानगरपालिका २० हरपतगंजकी सुनितालाई चैत ६ गते राती डा. यादवले मार्ने नियतले कुटपिट गरी गम्भीर घाइते बनाएको माइती पक्षको दावी छ।

माइतीले नै गम्भीर घाइते सुनितालाई भोलिपल्ट ७ गते अचेत अवस्थामा फेलापारी स्थानीय गण्डक अस्पतालमा उपचारका लागि भर्ना गरेका थिए। सुनिताको वीरगन्जको गण्डक अस्पतालको आइसियूमा उपचार गराउँदा पनि अवस्थामा सुधार नआएपछि चैत १२ गते थप उपचारका लागि काठमाडा‌ैं पठाइएको स्थानीय मध्येकै शम्भु यादवको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here