डाक्टरले प्रेस्क्रिप्सनमा औषधी लेख्दा बुझिने गरी लेख्नुपर्ने

काठमाडौं,११ वैशाख । बिरामीको औषधि किन्न डाक्टरले लेख्ने प्रेस्क्रिप्सनमा अब औषधिलगायत सबै कुरा स्पष्ट बुझिने गरी लेख्नुपर्ने भएको छ ।
प्रेस्क्रिप्सन नबुझिएका कारण गलत औषधि सेवन गरेर बिरामी समस्यामा परे तीन महिनासम्म डाक्टर निलम्बनमा पर्नेछन् ।
नेपाल मेडिकल काउन्सिलको इथिकल कमिटीले सार्वजनिक सूचना जारी गर्दै यस्तो व्यवस्था गरेको हो । ‘डाक्टरको कोड अफ इथिक्समा प्रेस्क्रिसन लेख्दा प्रस्ट बुझ्ने गरी लेख्नुपर्ने व्यवस्था गरिएको छ,’ मेडिकल काउन्सिलका रजिस्ट्रार डा दिलीप शर्माले जानकारी दिनुभयो ।  ‘अस्पष्ट प्रेस्क्रिप्सनले गर्दा गलत औषधि सेवन गरेर उजुरी परे डाक्टर कानूनी दायरामा पर्ने सम्भावना रहन्छ ।’
काउन्सिलका अनुसार, स्वास्थ्यकर्मीले प्रेस्क्रिप्सन लेख्दा औषधिको नाम, सेवन गर्नुपर्ने मात्रा–समय तथा अवधिसमेत बुझिने भाषा र अक्षरमा छापेर वा लेखेर दिनुपर्छ । प्रस्क्रिप्सनमा चिकित्सक वा अधिकारप्राप्त स्वास्थ्यकर्मीले आफ्नो पहिचान खुल्नेगरी नाम, थर एवं सम्बन्धित काउन्सिलमा दर्ता भएको प्रमाणपत्रको नम्बरसमेत उल्लेख गर्नुपर्नेछ । कान्तिपुरमा समाचार छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here