डडेल्धुरामा जीप दुर्घटना, ५ जनाको मृत्यु

डोटी, १५ जेठः डडेल्धुराको भीमदत्त राजमार्गमा पर्ने गजरौला सडकखण्डमा जीप खस्दा ५ जनाको मृत्यु भएको छ । ३ जना घाइते छन् । डडेल्धुरामा भएको जीप दुर्घटनामा परि मृत्यु भएका बिनोद रावलको दिपायलस्थित पसलमा भएको आफन्तहरुको भीड ।

मंगलबार बिहान ११ बजे से १ ज ३३० नम्बरको जीप सडकबाट २ सय मिटर तल खसेको हो। मृत्यु हुनेमा दिपायलका बासिन्दा रहेको घटनास्थलबाट व्यापारी नवराज जोशीले जानकारी दिएका छन्। जीपधनी बिनोद रावलको मृत्यु भएको जोशीले बताए। प्रहरी घटनास्थल पुग्न सकेको छैन।

घाइतेहरुको उद्धार उद्धार कार्य जारी रहेको र पाँच जनाको शव फेला परेको उनले बताए। घाइतेहरुलाई डडेल्धुरा अस्पताल लगिरहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here