डडेलधुरा,११ बैशाख । डडेल्धुरामा आज विहान बस दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । २५ जना भन्दा बढी घाइते भएका छन् । धनगढीबाट बझाङ जाँदै गरेको ना ६ ख १८३१ नम्बरको यात्रुबाहक बस भिमदत्त राजमार्गको गन्यापधुरा गाउँपालिका–१ साहुखर्कमा दुर्घटना भएको हो । मृतकको सनाखत हुन सकेको छैन । बस बिहान पौने ५ बजे सडकबाट अन्दाजी २ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

