ठक्करबाट एकको मृत्यु

कलैया, २ मङ्सिर: बाराको कलैया उपमहानगरपालिका–२७ मा मोटरसाइकलले ठक्कर दिँदा एक वृद्धको मृत्यु भएको बारा प्रहरीले जनाएको छ ।

आज बिहान ५ बजे शौच गर्नका लागि निस्केकी ७० वर्षीया धुरपतीदेवी यादवको घटनास्थलमा मृत्यु भएको प्रहरी प्रवक्ता रञ्जितसिंह राठौरले जानकारी दिनुभयो ।

ना९२प ९०८६नंको मोटरसाइकलले धुरपतीलाई ठक्कर दिएको थियो । ठक्कर दिने कलैया उपमहानगरपालिका–२७ का २७ वर्षीय राजु मालीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रवक्ता राठौरले बताउनुभयो । मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here