ट्रेड युनियन काँग्रेसको अध्यक्षमा आचार्य निर्वाचित

काठमाडौँ, २ असार । नेपाली काँग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन काँग्रेसको अध्यक्षमा पुस्कर आचार्य निर्वाचित हुनुभएको छ ।

छैँटौँ महाधिवेशनको निर्वाचन मतपरिणाम अनुुसार आचार्यले ८१८ मत ल्याएर निर्वाचित हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी ट्रेड युनियन काँग्रेसका निवर्तमान अध्यक्ष खिलानाथ दाहालले ५३३ मत ल्याउनुभयो ।
यस्तै वरिष्ठ उपाध्यक्षमा महेन्द्रप्रसाद यादव, उपाध्यक्ष खुला तेजेन्द्रजंग कार्की र अजयकुमार राई, उपाध्यक्ष महिला इन्दिरा सापकोटा, उपाध्यक्ष सेवा नेत्रविक्रम थापा, उपाध्यक्ष उत्पादन ललित श्रेष्ठ, उपाध्यक्ष अनौपचारिक आशासिंह राठौर र महासचिवमा योगेन्द्रकुमार कुँवर निर्वाचित हुनुभएको छ ।

यसैगरी उपमहासचिव खुला गणेशबहादुर केसी, ज्योति कोइराला, उपमहासचिव महिला राधिका कुँइकेल, उपमहासचिव सेवा सीताराम अवस्थी, उपमहासचिव अनौपचारिक राजेश पालिखे, उपमहासचिव उत्पादन ईश्वरबहादुर परियार, कोषाध्यक्ष मोहनकुमार बस्नेत र सहकोषाध्यक्ष सुशीला घिमिरे निर्वाचित हुनुभएको छ ।

यस्तै २७ केन्द्रीय सदस्य निर्वाचित हुनुभएको छ । दाहाल र आचार्यबीच दुई समूह बनाएर भएको निर्वाचनमा एक सदस्यबाहेक सबै आचार्य समूहका उम्मेदवार विजय भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here