निजामती कर्मचारीको हातमा कालोपट्टी किन ?

काठमाडौं,१३ बैशाख । निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनले सरकारले आफ्नो मागमा ध्यान नदिए कडा आन्दोलन गर्ने चेतावनी दिएको छ ।

युनियनले २०७५ साउनदेखि अतिरिक्त समय काम गरेको प्रोत्साहन भत्ता नदिएको र न्यायाधीश नियुक्तिमा पारर्दशी नभएको भन्दै आज हातमा कालोपट्टी बाँधी विरोध जनाउने जनाएको छ ।

युनियनका अध्यक्ष प्रकाश पराजुलीले आज कालोपट्टी बाँधीे काम गर्ने र माग सुनुवाई नभए बैशाख १५ गतेदेखि २२ गतेसम्म दैनिक १ देखि ६ घण्टासम्म कार्यालय समय कार्य बहिष्कार गर्ने जनाउनुभयो । युनियनले सरकारले आफ्ना मागमा ध्यान नदिए देशैभर आन्दोलनको घोषणा गर्ने तयारी गरेको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here