ट्राफिक व्यवस्थापनका विषयमा गृहमन्त्री थापाको यस्तो निर्देशन

काठमाडौँ, २ जेठ- गृहमन्त्री रामबहादुर थापाले सडक र ट्राफिक व्यवस्थापनका विषयमा यसअघि गरिएका निर्णयलाई कार्यान्वयन गर्न निर्देशन दिनुभएको छ ।

आज गृह मन्त्रालयमा गृह सचिव, विभिन्न मन्त्रालयका सचिव तथा प्रतिनिधि, नेपाल प्रहरीका महानिरीक्षक, काठमाडौँ, ललितपुर महानगरपालिका प्रमुख, काठमाडौँ उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखसहितको बैठकमा गृहमन्त्री थापाले यसअघि यसै विषयमा केन्द्रित रहेर भएका निर्णयको कार्यान्वयन फितलो देखिएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको हो ।

बैठकमा गृहमन्त्रीले अर्को बैठकमा आउँदा यसअघि भएका निर्णय कुनकुन कार्यान्वयन भए त्यसको विवरणसहित आउन निर्देशन दिनुभयो । उहाँले सडक तथा पुल निर्माणको ठेक्का लिएर समयमा काम सम्पन्न नगर्ने तथा सम्पन्न गरेका कामहरु पनि कमसल हुनेजस्ता कार्यमा संलग्न ठेकेदारहरुको सूची बनाउन निर्देशन दिनुभयो ।

उहाँले भन्नुभयो, “त्यस्ता ठेकेदारहरुको सूची बनाएर सच्चिन अल्मिेटम दिनुहोस्, अल्टिमेटम दिएको समयभित्र पनि सच्चिएनन् भने जेल हाल्नुहोस् ।”

गृह मन्त्रालय सम्हालेलगत्तै सडक दुर्घटना र ट्राफिक जाम न्यूनीकरण तथा धुलो, धुँवा हटाउने विषयलाई प्राथमिकता दिँदै गृहमन्त्री थापाले गत फाुगन २९ गते, चैत १ गते र चैत ४ गते यातायात तथा ट्राफिक व्यवस्थापनका विषयमा केन्द्रित रहेर बैठक डाक्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here