काठमाडौं,२५ चैत । महानगरीय ट्राफिक प्रहरीले ट्राफिक नियम उलङ्घन गर्ने १४ सय बढि सवारी चालकलाई कारबाही गरेको छ । उपत्यकाका बिभिन्न स्थानबाट हिजो एकै दिन उनिहरु कारबाहीमा परेका महानगरिय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
लेन उल्लंघन गर्ने, सडक तथा फुटपाथमा पार्किङ गर्ने, मदिरा पिएर सवारी साधन चलाउने, अनावश्यक हर्न बजाउने, जेब्रा क्रसिङमै सवारी साधन रोक्ने चालकलाई ट्राफिक प्रहरीले कारवाही गरेको हो ।
यस्तै सार्वजनिक गाडिभित्र फोहर गरेमा, अश्लील शब्द वा चित्र कोरेमा समेत प्रहरीले कारबाही गर्ने भएको छ । सार्वजनिक यातायातका साधनबाट गरिने यात्रा सुरक्षित र व्यवस्थित गर्नको लागी कारबहाी सुरु गर्न लागीएको महाशाखाले जनाएको छ ।

