ट्रयाक्टर दुर्घटना २ को मृत्यु

संखुवासभा,१२ कार्तिक– संखुवासभा ट्रयाक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् । आलु, प्याज र चामल बोकेर खाँदबारीबाट लुमतर्फ जाँदै गरेको को २ त ५५५६ नम्बरको ट्याक्टर गएराति चिचिला गाउँपालिका–१ मा दुर्घटना भएको हो ।
दुर्घटनामा परी चालक खाँदबारी नगरपालिका १० का लक्ष्मण गुरुङ, सहचालक मकालु गाउँपालिका २ का पासाङ शेर्पा को मृत्युु भएको छ । घाइते हुनेमा सोही स्थानका रामकुमार दर्जी रहेको प्रहरी निरीक्षक बेदप्रसाद गौतमले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here