ट्रम्प प्रशासनद्धारा परिवार नियोजनका साधनबारे नयाँ नीति

एजेन्सी– अमेरिकामा ट्रम्प प्रशासनले परिवार नियोजनका साधनबारे नयाँ नीति घोषणा गरेको छ । जसले ६ करोड अमेरिकी महिलालाई परिवार नियोजनका साधनमा पहुँच पाउनबाट वञ्चित पार्नसक्नेछ ।
रोजगारदाता अथवा बीमा कम्पनीहरुले अबदेखि धार्मिक अथवा नैतिक धरातलका आधारमा महिलालाई गर्भनिरोधक चक्की वा परिवार नियोजनका अन्य साधन उपलब्ध नगराउन पाउने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
उनीहरुले स्वास्थ्य बीमामा धेरैको पहुँच र्पुयाउने उद्देश्यका साथ पूर्व राष्ट्रपति बराक ओबामाले ल्याएको ’अफोरडेबल केयर एक्ट’ भनिने ऐन अन्तर्रगत त्यसो गर्नुपर्ने हुन्छ ।
शुक्रवार घोषणा गरिएको उक्त कदम चुनावी अभियानका क्रममा राष्ट्रपति डोनल्ड ट्रम्पले जनाएको एउटा महत्त्वपूर्ण प्रतिबद्धताको कार्यान्वयन हो।
उक्त घोषणाको धार्मिक पुरातनपन्थीहरुले स्वागत गरेका छन् भने महिला अधिकारवादीहरुले आलोचना गरेका छन्।
ओबामाले ल्याएको ऐन अनुसार बीमा कम्पनीहरुले महिलालाई परिवार नियोजनका साधनहरु निःशुल्क उपलब्ध गराउन पाइरहेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here