ट्रम्प टावरमा आगलागी

एजेन्सी– अमेरिकाको न्यूयोर्क स्थित ट्रम्प टावरमा आगलागी भएको छ । आगलागीमा परि एक जना गम्भिर घाइते भएको अधिकारीहरुले जनाएका छन् । उक्त टावरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको घर तथा कार्यालय समेत रहेको छ ।

टावरको ५० औँ तलामा रहेको कार्यालय तथा अपार्टमेन्टमा आगो लागेको अधिकारीहरुले जनाएका छन् । न्यूयोर्क आगो नियन्त्रण विभागले ट्रम्प टावरमा लागेको आगो नियन्त्रणमा लिएको जनाएको छ ।

यही टावरमा राष्ट्रपति डोनल्ड ट्रंप को व्यापारिक समूह ट्रंप अर्गनाइजेशनको मुख्य  कार्यालय रहेको  छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here