ट्रम्पले चीनसंग निहुँ खोजे

एजेन्सी । अमेरिकाले चीनले उत्पादन गरेका सामानमाथि बढाएको कर आजदेखि लागु हुँदैछ । अमेरिकी राष्ट्रपति ट्रम्पले चीनले व्यापार वार्ताको सम्झौता तोडेको आरोप लगाउँदै कर वृद्धिको निर्णय गरेका थिए । सम्झौता तोडेको जवाफमा चिनियाँ सामानमाथि करवृद्धि गरेको उनले स्पष्ट पारेका छन् ।

व्यापार युद्ध समाप्त गर्न दुई देशका अधिकारीहरुबीच छलफल भइरहँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनलाई २ सय मिलियन डलर बराबरको उत्पादनमाथि कर बढाउने फैसला गरेपछि तत्काल समस्या समाधान नहुने संकेत देखिएको छ ।
चीनले आफ्नो देशका सामानमा अमेरिकाले करवृद्धि गरे त्यसको कडा जवाफ दिने चेतावनी दिए लगत्तै अमेरिकी राष्ट्रपति ट्रम्पले चीनले वार्ताको सम्झौता तोडेको आरोप लगाएका हुन् ।

यसअघि दुई देश सम्झौताको निकै नजिक पुगेको र व्यापार युद्ध अन्त्य हुने करिब निश्चित भएको बताइएको थियो । गत आइतबार राष्ट्रपति ट्रम्पले ट्वीटर मार्फत् २ सय अर्ब डलर बराबरको चिनियाँ सामानको कर दोब्बर पार्ने घोषणा गरेका थिए । दुई देशबीचको युद्धले सेयरबजार समेत प्रभावित भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here