ट्रम्पको पछिल्लो नियम कार्यान्वयन नगर्न अदालतको आदेश

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ८ देशका नागरिकलाई अमेरिका प्रवेश गर्न नदिने सम्बन्धी नियम कार्यान्वयमा अदालतले रोक लगाएको छ ।
राष्ट्रपति ट्रम्पले ल्याएको नियम अदालतले त्यस विरुद्ध फैसला गरेका कारण कार्यान्वयनमा नआउने भएको हो ।
अमेरिकाको एक संघीय अदालतले विभिन्न देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाउने सम्बन्धी नियम तत्कालका लागि कार्यान्वय नर्गन आदेश दिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।
ट्रम्पले देशको सुरक्षाका लागि भन्दै ल्याएको यात्रा प्रतिबन्ध सम्बन्धी नियम यो हप्ता लागु गर्ने तयारी थियो । तर हुवाइ राज्यको होनोलुलुमा हरेको संघीय अदालतले नियम तत्काल कार्यन्वयन नर्गन आदेश दिएको हो ।
ट्रम्पको यात्रा प्रतिबन्ध सम्बन्धी नियम अनुसार इरान, लिबिया, सिरिया, यमन, सोमालिया, चाड र उत्तर कोरिया नागरिक तथा भेनेजुएलाका केही अधिकारी प्रभावित हुने थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here