ट्रम्पको चीन भ्रमण रोकच बन्दै

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प चीन पुगेका छन् । राष्ट्रपति ट्रम्प आफ्नो ११ दिने एशियाली मुलुक भ्रमणका क्रममा गएराति चीन पुगेका हुन् ।
जापान र दक्षिण कोरियाको भ्रमणपछि चीन पुगेका अमेरिकी राष्ट्रपति ट्रम्पलाई उनका समकालीन चिनियाँ राष्ट्रपति सी जिन पिङले राजकीय सम्मानका साथ स्वागत गरेका थिए । राष्ट्रपति ट्रम्पको ३ दिने चीन भ्रमणलाई चिनियाँ सरकारले राजकीय भ्रमण भनेको छ ।
भ्रमणमा उत्तर कोरियाको आणविक कार्यक्रमले उब्जाएको तनावका विषयमा चीनसँगको वार्ता केन्द्रीत हुने अनुमान गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here