ट्रक त्रिशूलीमा खस्यो, दुई घाइते

चितवन, २७ बैशाख–  काठमाडौँबाट हेटौँडातर्फ जादैँ गरेको ट्रक आज बिहान त्रिशुलीमा खस्दा २ जना घाइते भएका छन् ।
इच्छाकामना गाउँपालिका–४ लेवाटारमा पृथ्वी राजमार्गबाट ट्रक त्रिशूली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिनुभयो ।
ट्रक खस्ने क्रममा उछिट्टिएर भिरमा झरेका दुईजनाको उद्धार गरी उपचारका लागि भरतपुरतर्फ ल्याइँदै गरीएको प्रहरी जनाएको छ ।
उद्धार गरिएकामा हेटाँैडा उपमहानगरपालिका–१४ का सुरज मगर र सोही स्थान बस्ने सोनाम लामा रहेका छन् । ट्रक खसेपछि एकजना भागेको र ती व्यक्ति चालक भएको आशङ्का गरिएको छ ।
ट्रकको माथिल्लो भाग मात्र देखिएकाले नम्बर खुल्न सकेको छैन । ट्रकमा अन्य पनि हुनसक्ने भन्दै नेपाल प्रहरी र विपत् व्यवस्थापन गण कुरिनटारका सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here