ट्रकले ई रिक्सालाई ठक्कर दिदा एक युवतीको मृत्यु

वीरगञ्‍जः११ पुस । वीरगञ्‍ज पोखरिया सडक खण्डमा बिहान ट्रकले ई रिक्सालाई ठक्कर दिदा एक युवतीको मृत्यु भएको छ।वीरगञ्‍जबाट पोखरियतर्फ गईरहेको ना ६ ख ७२८२ नम्बरको ट्रकले ठक्कर दिदा पर्साको पोखरिया नगरपालिका वडा नम्बर ७ रानीगञ्ज निवासी ३० बर्षीय सबिना खातुनको ज्यान गएको हो।

पोखरियाबाट यात्रु लिएर आईरहेको ना २ ह ३४६३ नम्बरको ई रिक्सालाई ट्रकले बुधबार बिहान ठक्कर दिएको थियो।ट्रकको ठक्करबाट ई रिक्सामा सवार खातुनको घटना स्थलमै ज्यान गएको तथा चार जना घाइते भएका थिए।

घाइते मध्ये पर्साको पटेर्वा सुगौली गाउपालिकाका झपसी दुसादको मात्र सनाखत भएको छ।घाईते भएका अन्य ३ जनाको परिचय खुल्न नसकेको पर्सा प्रहरीले जानकारी दिएको छ ।ई रिक्सालाई ट्रकले ठक्कर दिएपछि चालकले ब्याक गरेर खातुनलाई किचेको प्रत्यक्षदर्शीले बताएका छन्।

मृतक युवतीको शब पोष्टमार्टमको लागि नारयणी उपक्षेत्रिय अस्पताल वीरगञ्‍जमा राखिएको छ।दुर्घटनामा परि घाईते भएकाहरुको वीरगञ्‍जको नारयणी उपक्षेत्रिय अस्पतालमै उपचार भईरहेको ईलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरिक्षक मछिन्द्र क्सीले जानकारी दिए । दुर्घटना पशचात स्थानीयबासीहरुले वीरगञ्‍ज पोखरिया सडक खण्ड अवरुद्ध गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here