ट्रकमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु

 

लहान, १६ असार- पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको मिर्चैया नगरपालिका–२ स्थित सडकमा आज बिहान ट्रकमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

सडक छेउमा रोकिएको ना १ क ७४०२ नंको ट्रकमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना २८ प ४८३७ नंको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक रौतहटको देवाही गोनाई नगरपालिका–३ निवासी ३० वर्षीय राजकिशोर जैसवालको मृत्यु भएको हो ।

दुर्घटनामा परी गम्भीर घाइते भएका जैसवाललाई उपचारको लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।

सोही दुर्घटनामा परी मोटरसाइकलमा पछाडि सवार सर्लाहीको घोराही नगरपालिका–६ निवासी २५ वर्षीय सरोजकुमार चौधरी गम्भीर घाइते भएको र उहाँको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here