ट्रकको ठक्करबाट ३ जनाको मृत्यु

लहान,२६ चैत । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको लहान नगरपालिका– १३ भोटियाटोल चोकमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा तीन जनाको मृत्यु भएको छ । बिस्कुट बोकेर जाँदै गरेको ना३ख ७७७४ नंको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको स९प ७३७८ नम्बरको मोटरसाइकललाई आज साँझ ठक्कर दिँदा मोटरसाइकलमा सवार लहान नगरपालिका–४ निवासी २६ वर्षीय कृष्णा सहनी, २६ वर्षीय शिवकुमार सहनी र २५ वर्षीय मनोज मण्डलको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिनुभयो । शव परीक्षणका लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here