ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

चितवन,९ जेठ– चितवनको रत्ननगरस्थित टिकौलीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

ट्रकको ठक्करबाट दुर्घटनामा गम्भीर घाइते भएका रत्ननगर नगरपालिका–११ बस्ने ३० वर्षीय उपनेश विकका उपचारका क्रममा कलेज अफ मेडिकल साइन्सेज भरतपुरमा राति नै मृत्यु भएको हो ।
रत्ननगरबाट भरतपुरतर्फ जाँदै गरेको ना ६ ख १४४२ नम्बरको ट्रकले रत्ननगरतर्फ आउँदै गरेको ना ३९ प ७८९५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here