ट्रकको ठक्करबाट भारतिय नागरिकको मृत्यु

झापा,१४ चैत । झापामा ट्रकको ठक्करबाट एक भारतीय नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत अररियाका ४७ वर्षीय सकिला मण्डल रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार पूर्वपश्चिम राजमार्गअन्तर्गत दमक नगरपालिका–४ स्थित चिया बगान नजिकै ना ६ ख २८९३ नम्बरको मालवाहक ट्रकले साइकलमा रहेका मण्डललाई ठक्कर दिएको थियो ।

ट्रकको ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाइको छ । ठक्कर दिने ट्रकसहित चालकलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here