चितवन,२० मंसिर– चितवनको फिस्लिङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मुग्लिनबाट काठमाडौँबाट जाँदै गरेको ना ६ख ९७३१ नंको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको बा७७प ४२६९ नंको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो ।
इच्छाकामना गाउँपालिका–३ फिस्लिङमा भएको दुर्घटनामा गम्भीर घाइते भएका स्याङ्जाका महेन्द्र ढकालको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

