ट्याक्सीमा मिटर भाडा समायोजन,अब कति तिर्नुपर्छ ?

काठमाडौं,१७ पुस ।  नेपाल गुणस्तर तथा नापतौल विभागले ट्याक्सीमा मिटर भाडा समायोजनको काम अगाडि बढाएको छ ।

विभागले गत असोज ७ गते सार्वजनिक बसमा भाडा बढेसँगै ट्याक्सीमा पनि १० प्रतिशत भाडा बढाउने यातायात व्यवस्था विभाग र मन्त्रालयको निर्णयलाई कार्यान्वयन गर्दै मङ्सिर पहिलो हप्तादेखि ट्याक्सीमा मिटर भाडा समायोजनको कामलाई अगाडि बढाएको हो ।

विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले हालसम्म २ हजार २ सय ट्याक्सीमा नयाँ भाडा समायोजन गरिसकिएको बतानुभयो ।

हाल प्रतिकिलोमिटर ३९ रुपैयाँ तिर्नुपर्ने हुन्छ । यसअघि प्रतिकिलोमिटर ३५ रुपैयाँ थियो । तर, ट्याक्सी चढ्दा यात्रुले पहिलो १ किलोमिटरका लागि भने ५३ रुपैयाँ तिर्नुपर्ने हुन्छ ।

त्यसपछि भने प्रतिकिलोमिटर ३९ रुपैयाँ नै तिर्नुपर्ने विभागले जनाएको छ । यसअघि विभागले उपत्यकामा गुड्ने सबै ट्याक्सीमा प्रिन्टर मेसिनसमेत जडान गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here