दार्चुला,१९ चैत । लेकम गाउँपालिका–२ कुणीमा पानीको ट्यांकीमा खसेर एक महिलाको मृत्यु भएको छ । आज दिउसो १ बजेतिर गाउँ नजिकै रहेको पानी जम्मा गर्ने ट्यांकीबाट पानी निकाल्दा ट्यांकीमा खसेर कुणीकी अन्दाजी २५ वर्षीया गौरादेवी धामीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उक्त क्षेत्रमा पानीको समस्या हुने हुँदा ट्यांकीमा टाढाबाट पानी ल्याएर जम्मा गर्छन् । ठूलो ट्यांकीमा एक्लै पानी भर्न गएको समयमा ट्यांकीबाट पानी निकाल्दा खसेको बताइएको छ ।
स्थानीय धाना जोशीका अनुसार उनले पानी झिक्न लाग्दा मृत्यु भएको हो । घटनास्थलमा अहिलेसम्म प्रहरी पुग्न नसक्दा उनको शव स्थानीयले ट्यांकीबाट झिकेको जोशीको भनाइ छ ।

