टिपरको ठक्करबाट श्रीमानको मृत्यु, श्रीमति घाइते

अर्घाखाँची,२० असार ।  अर्घाखाँचीमा टिपरको ठक्करबाट एक जनाको मृत्युभएको छ । अर्घाखाँचीको सितगंगा –२ सितापुर नेपानेका ५५ वर्षिय हरि वलीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परि मृतकको श्रीमती ५० वर्षिया सीता वली गम्भीर घाईते भएकी छन् । कपिलवस्तुको बसन्तपुर चोक नजिकै आज बिहान गोरूसिङगेबाट बिरपुर जाँदै गरेको रा १ ख १६३९ नम्बरको टिपरले भेलाईबाट गोरूसिङगे आउँदै गरेको लु १ ह २५१२ नम्बरको अटोरेक्सालाई ठक्कर दिदा अटोरेक्सामा सवार रहेका वलीको घटना स्थलमै मृत्यु भएको थियो । घाइतेको ४ नम्बर सामुदायीक अस्पतालमा उपचार भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here